• Breaking News

    मन परेको पुस्तक पढ्दा स्वस्थ भइने।

    एउटा नयाँ शोधले नाच्ने, नाटक हेर्ने र मन लागेका पुस्तकहरु पढ्ने मानिसहरु त्यसो नगर्नेहरु भन्दा स्वस्थ र जीवनप्रति संतुष्ट भएको पाइएको छ । स्कटल्याण्डमा भएको ‘इम्प्याक्ट अफ कल्चरल इंगेजमेंट एण्ड स्पोर्टस पार्टिसिपेशन अन हेल्थ एण्ड स्याटिसफेक्शन विथ लाइफ इन स्कटल्याण्ड २०१३’ नामक यो शोधका अनुसार सांस्कृतिक कार्यहरुमा सहभागी हुने सबैलाई एक समान लाभ हुने गर्छ ।> यसमा उमेर, शिक्षा, आर्थिक स्थितिजस्ता सामाजिक विभाजनले कुनै फरक नपार्ने शोध रिपोर्टमा उल्लेख गरिएको छ । सरकारी सहायतामा भएको यो शोधका लागि २०११ को स्कटिश हाउसहोल्ड सर्वेलाई आधार बनाइएको छ । प्रत्येक वर्ष हुने स्कटिश हाउसहोल्ड सर्वेले राष्ट्रीय र स्थानीय स्तरमा सामुदायिक संरचना, प्रवृत्ति र व्यवहारका प्रतिनिधि तथ्याङ्क उपलब्ध गराउँदछ । सर्वेक्षणका केही मुख्य नतिजा १. पछिल्लो एक वर्षमा कुनै सांस्कृतिक स्थल या कार्यक्रममा सहभागी हुनेहरुको स्वास्थ्य यसो नगर्नेहरु भन्दा ५० प्रतिशत राम्रो रह्यो । २. जसले पछिल्लो एक वर्षमा कुनै सृजनात्मक गतिविधिमा भाग लिए उनीहरुको स्वास्थ्य यसो नगर्नेहरुको तुलनामा ३९ प्रतिशत राम्रो पाइयो । ३. पुस्तकालय र संग्रहालयमा पछिल्लो एक वर्षमा पुगेकाहरुको स्वास्थ्य त्यहाँ नजानेहरुको तुलनामा २० प्रतिशतलेराम्रो रहेको सर्वेक्षणले देखाएको छ । ४. नाटक हेर्नेहरुको स्वास्थ्य नहेर्नेहरुको भन्दा २५ प्रतिशत राम्रो भएको पाइयो । ५. नाच्नेहरु ननाच्नेहरुको तुलनामा ६२ प्रतिशत बढी स्वस्थ देखिए । ६. मन लागेका किताव पढ्नेहरुको स्वास्थ्य नपढ्नेहरुको तुलनामा ३३ प्रतिशत राम्रो भएको सर्वेक्षणले देखाएको छ

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel