• Breaking News

    चुनाव आउनै लाग्दा काँग्रेसले सुरु गर्यो प्रशिक्षण

    २९, कात्तिक, काठमाडौं । मंसिर १० र २१ ग्ते हुन गइरहेको आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतपत्र बदर हुन नदिन नेपाली काँग्रेसले प्रशिक्षण सुरु गरेको छ । कांग्रेस केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिले आज काग्रेस पार्टी कार्यालय सानेपामा प्रदेश नं. ३ मा मतदान कसरी गर्ने भन्ने उदेश्यका साथ मतदान प्रशिक्षणको शुभारम्भ गरेको हो । प्रशिक्षणको शुभारम्भ गर्दे कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले मत बदर नहुने गरी घरदैलोमा पुगेर आम मतदातालाई प्रशिक्षित गर्न पार्टीका नेता कार्यकतालाई प्रशिक्षित गरेको जानकारी दिए । उनले केहि स्थानमा भएको चूनावी तामलेमलाई मध्यनजर गर्दै कुन चिन्हमा मतदान गर्ने हो भन्ने जानकारी पनि जनतालाई दिनुपर्नेमा जोड दिए । मतदान प्रशिक्षण अन्य प्रदेशमा पनि सञ्चालन भईरहेको काग्रेसले जनाएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel