• Breaking News

    मलेसिया जाने कामदारलाई सरकारले निःशुल्क पठाउने

    काठमाडौं । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियामा निःशुल्क कामदार पठाउने तयारी भैरहेको जानकारी दिएका छन् । बिभिन्न तहमा रहेका एजेन्ट र म्यानपावर कम्पनीले मलेसिया जाने कामदारसँग जथाभावि रकम असुली चर्को आर्थिक भार थोपर्ने थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले निःशुल्क पठाउने तयारी गरेकोहो । मलेसियाका अधिकांश कम्पनीले निःशुल्क भिसा पठाउने भए पनि दुई देशमा रहेका एजेन्टको मिलेमतोमा मोटोरकम कामदारसँग असुल्ने गरिएको छ । राज्यमन्त्री गुरुङले मलेसिया जाने कामदारलाई निःशुल्क पठाउन लागिएको जानकारी दिँदै मन्त्रालयले यसको तयारी अन्तिम चरणमा लगेको बताए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel