• Breaking News

    फेसबुकबाटै बेचिन्छन् चेलीहरु

    मानव बेचबिखनमा संलग्न गिरोहले मोबाइल र फेसबुकको उपयोग गरी बालबालिका तथा युवतीलाई बेचबिखन गर्न थालेका छन् । मोबाइल र फेसबुकको माध्यममा सम्पर्क गरी टिनएजर युवती मानव बेचबिखनमा संलग्न गिरोहको पञ्जामा पर्ने गरेको पाइएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए । सन २०१४ भएका मानव बेचबिखनका घटना सार्वजनिक गर्दै संयोजक कोइरालाले स्तानक उत्तीर्ण गरिरहेका युवतीसमेत मोबाइल र फेसबुक सम्पर्कबाट बेचबिखनमा परेको बताए । उनले भने, ′हामीसँग आएका अधिकांश मुद्दामा मोबाइल र फेसबुकको प्रयोग भएको छ। ८ कक्षादेखि १२ कक्षासम्मको संख्या त धेरै छ। ब्याचलर गरेकासमेत जोखिममा परिरहेका छन्। राम्रो परिवारका बालबालिका र युवती हराइरहेका छन् ।′ मानव बेचबिखनमा मोटरसाइकलदेखि निजी कारसमेतको प्रयोग हुने गरेको छ। तथ्यांकअनुसार सन् २०१४ मा माइती नेपालको नेपालगन्ज कार्यालयले श्रम र यौनशोषणमा परेका २६ को उद्धार गरेको छ। चारजना तेस्रो मुलकबाट उद्धार गरिएको छ भने अरू सबै भारतबाट उद्धार भएका छन्। श्रम तथा यौनशोषणमा परेका दुईजना कुवेत र दुईजना सिरियाबाट उद्धार गरिएको छ, भारतबाट उद्धार गरिएकोमा बर्दियाका चारजना, दाङका तीनजना, सुर्खेतका दुईजना रहेका छन्। त्यस्तै चार सय ४७ जना जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरिएको छ। जसमध्ये १८ वर्षमुनिका दुई सय ५३ बालबालिका रहेका छन् भने एक सय ९४ जना १७ वर्षमाथिका रहेका छन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel