• Breaking News

    कसरी कम्प्युटर योगा गर्ने ?

    Add caption
     

    तपाईं दिनभरी कम्प्युटरमा काम गर्दागर्दै थाक्नु भएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि देखिन थालएका होलान् । तर चिन्ता लिनु पर्दैन तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ यस्ले तपाइँलाई स्फूर्ति प्रदान गर्ने र स्वास्थ्य समस्या पनि पर पारीदिन्छ । कम्प्युटरको कामबाट केही छिन ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ । कसरी गर्ने कम्प्युटर योगा ध्यान ? कसरी कम्प्युटर योगा गर्ने पहिला कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् ।तपाइँलाई अनुकुल हुने वा सधै सम्झिरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् ।
    आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् ।आफ्नो जीवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् ।मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् ।केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ । त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ ।यो कम्प्युटर ध्यान योगाले तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ । दिनमा दुई तीन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ ।स्रोत : एजेन्सी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel